काठमाडौं, २४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५७० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४० हजार १११ संक्रिय संक्रमित छन् । जसमध्ये ३८ हजार ८८३ जना होम आइसोलेसनमा छन् भने १ हजार २२८ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका विरामीहरुमध्ये २५५ जनाको आईसीयू र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।