शहीदनगरका प्रमुख प्रशासकिय अधिकृत कुटिए

जनकपुरधाम, २३ माघ । धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शत्रुधन यादव कुटिएका छन् ।
आइतबार साझ स्थानीय केही युवाहरूको एक समूहले उनीमाथी हातपात गरेका हुन् ।
नगरपालिकाको प्रदेश २-०२ ००१ झ ००६८ नम्बरको गाडीमा सवार भई गइरहेका बेला यादवमाथी स्थानीय केही युवाहरुले हातपात गरेका छन् ।
नगरपालिकाको विभिन्न योजनाहरूमा प्रशासकीय अधिकृत यादवको समेत संलग्नता रहेको र मेयरको भ्रष्टाचारमा उनले साथ दिएको भन्दै आक्रोशित युवाहरुले उनी सवार गाडीलाई छेकेर हातपात गरेको स्रोतको दावी छ ।
हाकिम सवार गाडीलाई छिचोल्दै उनीहरूले कुटपिट गर्न थालेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी पुगेलगत्तै हातपात गर्ने युवाहरू फरार भएको ईलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी नायव निरिक्षक शारदा शंकर शाहले जानकारी दिए ।
उनले फरार युवाहरूको खोजी भईरहेको जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


