फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन हुने

काठमाडौं, २३ माघ । कोरोना संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न÷गराउन सिफारिस गरेको छ ।
सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालका अनुसार १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् भने १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको हो ।
साथै फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबारलगायत सञ्चालनका लागि सिफारिस गरेको छ ।
नेपालले भनिन्,‘पाटी प्यालेसमा फुल क्षमताको ५० प्रतिशत अथवा १०० भन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न सरकारलाई सिफारिस भएको छ । तर, अहिले नै भेला, सभा सम्मेलनका लगाइएको प्रतिबन्ध खुला गरिएको छैन ।’
रात्रिकालिन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


