बीसीसीआईले आईसीसी विजेता खेलाडीलाई जनही ४० लाख दिने

एजेन्सी, २३ माघ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईसीसी यू–१९ विश्वकप विजेता भारतीय यू–१९ टोलीका खेलाडीहरूलाई जनही ४० लाख भारतीय रुपैयाँ प्रदान गर्ने भएको छ ।
बीसीसीआईले विजेता टोलीका खेलाडीलाई ४०÷४० लाख र अफिसियललाई जनही २५ लाख प्रदान गर्ने बीसीसीआईले जनाएको हो ।
भारतले इंग्ल्यान्डलाई हराउँदै पाँचौं पटक विश्वकपको उपाधि जितेको हो ।
वेस्ट इन्डिजमा भएको प्रतियोगिताको फाइनलमा भारतले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको थियो । बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले भारतीय टिमलाई बधाई दिँदै विजेता टिमका प्रत्येक खेलाडीलाई नगद प्रदान गर्ने जनाएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


