म्यानचेस्टर सिटीले फुलहममाथि ४–१ को सहज जित निकाल्यो

एजेन्सी, २३ माघ । एफए कपको चौथो चरणअन्तर्गत शनिबार राति सम्पन्न खेलमा घरेलु टोली म्यानचेस्टर सिटीले फुलहममाथि ४–१ को सहज जित हात पारेको छ ।
इतिहाद स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा पाहुना टोलीले पराजय बेहोर्नुप¥यो । खेलको चौथो मिनेटमै फावियो कार्भाल्होले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए ।
फुलहमको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन छैटौं मिनेटमै इल्के गुन्डोगनले सिटीलाई १–१ को बराबरीमा ल्याए ।
१३ औं मिनेटमा जोन स्टोनले सिटीलाई २–१ को अग्रता दिलाए । ५३ औं मिनेटमा रियाद महारेजले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई ३–१ ले अगाडि बढाए ।
५७ औं मिनेटमा महारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ४–१ सहज जित निकाल्दै पाँचौं चरणमा स्थान सुरक्षित गयो ।
एफए कपअन्तर्गत नै भएका अन्य खेलमा चेल्सी, पिटरबर्ग, नर्विच सिटी, हडर्सफिल्ड, एभर्टन, स्टोक्स सिटी,क्रिस्टल प्यालेस,साउथह्यामटन लिटोन टाउन र टोटेनहमले पनि आ–आफ्नो खेलमा जित हात पार्दै पाँचौं चरणको यात्रा तय गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


