एजेन्सी, २३ माघ । पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी ८ जनाको मृत्यु भएको छ ।

अस्ट्रियाको समाचार एजेन्सी एपिएका अनुसार यी घटना शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा भएका हुन् ।

अस्ट्रिया–स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियन गाइडको मृत्यु भएको हो ।

अधिकारीहरूले आइतबार थप हिमपहिरो हुने चेतावनी दिएका छन् ।