एजेन्सी, २३ माघ । भारतमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ५ लाख नाघेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख १ हजार ११४ पुगेको हो ।

सो मन्त्रालयले कोभिड–१९ बाट १ हजार ५९ जनाको ज्यान गएको बताएको छ । यहाँ केही हप्ता यता संक्रमणको संख्यामा कमी आए पनि मृत्यु भने घटेको छैन । शनिबार मात्र त्यो भन्दा अघिको २४ घण्टामा १ लाख २७ हजार जनामा कोभिड–१९ को संक्रमण पाइएको जनाइएको छ ।

यहाँका अधिकारीहरूले अहिलेसम्म भारतमा कोभिड–१९ बाट ४ करोड २० हजारभन्दा बढी मानिस संक्रमित भएका थिए । भारतमा पछिल्ला समयमा ओमिक्रोनको संक्रमण बढेको हो । तर, यहाँ यसअघिको दोस्रो वेभमा डेल्टा भाइरसको संक्रमणका समयमा भन्दा बढी खतरनाक अवस्था भने रहेको छैन ।