सुनिल थापा फेरि एकपटक बलिउड फिल्ममा देखिने

काठमाडौं, २२ माघ । कलाकार सुनिल थापा फेरि एकपटक बलिउड फिल्ममा देखिने भएका छन् । उनी बलिउड फिल्म ‘काजी’ मा देखिन लागेका हुन् ।
फिल्मको सुटिङ अहिले भइरहेको बताइएको छ । त्यसैका लागि सुनिल अहिले मुम्बईमा छन् ।
‘काजी’ अभिनयका लागि मुम्बई पुगेका कारण सुनिलले नेपाली फिल्म ‘लाखे’ छाडेका छन् । उनले छाडेपछि ‘लाखे’ निर्माण युनिटले उनको सट्टामा फिल्ममा प्रशान्त ताम्राकारलाई भित्र्याएको छ ।
अभिनेता सुनिलले पनि अहिले आफू बलिउड फिल्म अभिनय गरेको बताए । फिल्मको बिषयमा भने उनले बिस्तृत विवरण अहिले सार्वजनिक गर्न नमिल्ने बताए ।
केही अगाडि सुनिलले बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसबाट निर्माण हुने फिल्म ‘क्वाथा’ गर्ने चर्चा समेत चलेको थियो ।सो समय ‘क्वाथा’ फिल्म अभिनयका लागि आफुलाई अफर आएको सुनिल आफैले सार्वजनिक गरेका थिए ।
सुनिलले केही पहिले बलिउड फिल्म ‘मेरी कोम’ पनि अभिनय गरेका थिए । ‘मेरी कोम’ बाहेक केही बलिउड फिल्म अभिनय गरेका सुनिल नेपाली फिल्मका लोकप्रिय खलपात्र हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


