अस्ट्रेलियन क्रिकेट टोलीका मुख्य प्रशिक्षक जस्टिनले दिए राजीनामा

एजेन्सी, २२ माघ । अस्ट्रेलियन पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक जस्टिन लान्गरले पदबाट राजीनामा दिएका छन् ।
५१ वर्षीय प्रशिक्षक जस्टिनले शनिबार पदबाट राजीनामा दिएका हुन् ।
टोलीसँगको सम्झौता आगामी जुनसम्म रहे पनि उनले पद छाड्ने निर्णय गरेका छन् । जस्टिन २०१८ मा अस्ट्रेलियाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
जस्टिनको नेतृत्वमा अस्ट्रेलियाले टि–२० विश्वकप र एसेस सिरिज जितेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


