फिफा विश्वकपका लागि पुनः प्रयोग गर्न मिल्ने सामग्रीको प्रयोगबाट स्टेडियम निर्माण

एजेन्सी, २२ माघ । कतारले फिफा विश्वकपका लागि पुनः प्रयोग गर्न मिल्ने सामग्रीको प्रयोगबाट स्टेडियम निर्माण गरेको छ ।
कार्बन न्यूट्रल गर्नका लागि स्टेडियम निर्माणको शुरुवातादेखि नै पर्यावरणमैत्री यातायात र कार्बन उत्सर्जन कम गर्ने किसिमका सामग्री प्रयोग गरिएको हो ।
स्टेडियममा ८० प्रतिशत पुनः प्रयोग गर्न मिल्ने सामग्री प्रयोग भएको सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसी (एससी) जनाएको छ ।
एससीका अनुसार सबै रंगशाला निर्माणमा पुनः प्रयोग गर्न मिल्ने सामग्री प्रयोग गरिएको छ । अहमद बिन अली स्टेडियम बनाउँदा पुरानो रंगशालाका ९० प्रतिशत सामग्री प्रयोग गरिएको पनि एससीको दिगोपन तथा वातावरणसमबन्धी हेर्ने वरिष्ठ इन्जिनियर बोडौर अल मीरले बताए ।
स्टेडियमहरू वातावरण, अर्थतन्त्र, सामाजिक वा मानवीय अवस्था जस्ता कुरामा आगामी पुस्तालाई असर नपर्ने गरी बनाइएको बताउँदै उनले यी सामग्रीहरूलाई भविष्यमा पनि सदुपयोग गर्न सकिने जानकारी दिए ।
मेट्रो स्टेशनबाट छुटेका गाडी आठमध्ये सातवटा स्टेडियममा सीधा पुग्ने बताइएको छ । दोहा विश्वकपमा दर्शक तथा पाहुनाहरूलाई ओसार्न बोक्न करिब ८५० विद्युतीय बस प्रयोग गरिने एससीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


