एजेन्सी, २२ माघ । इंग्लिस क्लब चेल्सीका मुख्य प्रशिक्षक थोमस टुसेललाई कोरोना संक्रमण भएको छ ।

चेल्सीले शनिबार आफ्ना प्रशिक्षकलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

क्लबले टुसेल हाल सेल्फ आइसोलेसनमा रहेको र अर्को हप्ता अबुधाबीमा टोलीसँग जोडिने आशा राखेको बताएको छ ।