पोखरा विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने

काठमाडौं, २२ माघ । पोखरा विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ ।
विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो ।
विश्वविद्यालयले गण्डकी प्रदेश र त्यस आसपासका क्षेत्रका मेडिकल कलेजहरूलाई सम्बन्धन दिने तथा अन्य विश्वविद्यालयमा पढाइ नभएका विषय समावेश गर्ने छलफल भएको विश्वविद्यालयका रजिष्टार दीपक भण्डारीले जानकारी दिए ।
विश्वविद्यालयमा फिजियोथेरापी र अप्टोमेटिप विषयको अध्यापनको तयारी भइरहेको भण्डारीले बताए । उनका अनुसार अहिले अहिले भौतिक संरचनाको काम भइरहेको छ ।
यसअघि बसेको विश्वविद्यालयको सभाले नयाँ विषय र मेडिकल कलेजको सम्बन्धन दिने विषयमा समेत निर्णय गरिसकेको थियो ।छलफलमा मन्त्री पौडेलले मुख्यगरी तीन विषयमा ध्यान दिन आग्रह गरे ।
भौतिक पूर्वाधार, नयाँ विषय र अन्य विश्वविद्यालयभन्दा फरक कोर्स तयार गर्न मन्त्री पौडेलले आग्रह गरे ।
विश्वविद्यालय सुधारका लागि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आवश्यक छलफल गर्ने मन्त्री पौडेलको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


