एजेन्सी, २२ माघ । फिलिपिन्सको राजधानी मनिलामा रहेको रुसी दूतावासको भवनमा आगलागी भएको छ ।

आगलागीबाट मानवीय दुर्घटना अथवा घाइते नभएको रुसको विदेश मन्त्रालयले जनाएको छ ।

दूतावासका सबै कर्मचारी र उनीहरूका परिवारलाई सकुशल बाहिर निकालिएको छ ।

रुसी समाचार एजेन्सी ताशका अनुसार दूतावासमा लागेको आगो नियन्त्रणमा आएको छ ।

आगलगाी के कति कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

यसअघि फिलिपिन्सको ¥यापलर मिडियाले मनिलास्थित रुसी दूतावासमा आगलागी भएको सूचना दिएको थियो ।