हिन्दु कुश क्षेत्रमा ६.१ म्याग्नेच्यूडको भूकम्प

एजेन्सी, २२ माघ । हिन्दु कुश क्षेत्रमा ६.१ म्याग्नेच्यूडको भूकम्प आएको छ ।
हिन्दुकुश क्षेत्रको अफगानिस्तान र ताजकिस्तान सीमामा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।
स्थानीय समयअनुसार शुक्रबार राती भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् ।
–एएनआई
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


