दिल्लीमा सोमबारदेखि विद्यालय खोल्ने निर्णय

एजेन्सी, २१ माघ । भारतको राजधानी दिल्लीमा आगामी सोमबारदेखि कक्षा ९ देखि १२ सम्मका बालबालिकाका लागि विद्यालय खोल्ने निर्णय गरिएको छ ।
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले पत्रकार सम्मेलनमा राजधानीमा घट्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताए ।
उनले भने, ‘सोमबार अर्थात् ७ फेब्रअरीदेखि कक्षा ९ देखि १२ सम्मका बालबालिकाका लागि विद्यालय खुल्नेछन् । नर्सरीदेखि कक्षा ८ सम्मका विद्यालय पनि १४ फेब्रअरीबाट सञ्चालन हुनेछन् ।’
यसैगरी फेब्रअरी ७ देखि दिल्लीका सबै कलेजहरू पनि भौतिक रूपमा सञ्चालन हुनेछन् ।
कर्फ्युको सम्बन्धमा सिसोदिया भन्छन्, ‘राति १० बजेको सट्टा ११ बजेदेखि बिहान ५ बजेसम्म रात्रि कर्फ्यू लागु गरिनेछ । अब रेस्टुरेन्टहरू राति ११ बजेसम्म खोल्न पाइनेछ ।’
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म भारतमा ४ करोड १९ लाख ५२ हजार ७१२ जनामा कोरोना संक्रमण भइसकेको छ भने ५ लाख ५५ जना संक्रमितले ज्यान गुमाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


