महिला भलिबल टिमलाई नगदसहित सम्मान

काठमाडौं, २१ माघ । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप २०२१ को उपाधि जितेमा महिला भलिबल टिमलाई नगदसहित सम्मान गरेको छ ।
यसअघि नै घोषणा भए बमोजिम सरकारले विजेता टोलीका खेलाडी र अफिसियललाई नगद पुरस्कार प्रदान गरेको हो ।
मन्त्रिपरिषद्को पुष १४ गते बसेको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार दिने निर्णय गरेको थियो ।
सोही अनुसार उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई ५÷५ लाख, दुईजना प्रशिक्षकलाई ३÷३ लाख र एकजना अफिसियललाई २ लाख रुपैयाँ प्रदान गरिएको छ ।
बंगलादेशको ढाकामा भएको प्रतियोगितामा नेपालले फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले सेन्ट्रल जोन महिला भलिबलको उपाधि रक्षा गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


