काठमाडौं, २१ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत हुने नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल फेरि सरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबारका लागि तय भएको खेल माघ २६ बुधबार दिउँसो १ बजे हुने जानकारी दिएको हो ।

वर्षाका कारण दशरथ रंगशाला मैदान खराब भएपछि खेल तालिका परिवर्तन गरिएको एन्फाले जनाएको छ ।

यसअघि नवौं चरण अन्तर्गत पुलिस र च्यासलले माघ २ मा खेल्ने तालिका भए पनि च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण देखिएका खेल कारण स्थगित भएको थियो ।