नेपालमा १८ वर्षमाथिका ७० प्रतिशत व्यक्तिले लगाए पूर्ण डोज खोप

काठमाडौं, २० माघ । नेपालले कोरोनाविरुद्धको खोप अभियानमा नयाँ कोशेढुंगा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसंख्यालाई कोरोनाविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ ।
‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ’, डब्ल्युएचओ नेपालले ट्वीटरमार्फत बधाई दिँदै भनेको छ ।
नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


