भारतीय कलाकार अमिताभ दयालको निधन

एजेन्सी, १९ माघ । भारतीय कलाकार अमिताभ दयालको निधन भएको छ । उनको बुधबार बिहान पौने ५ बजे हृदयघातका कारण निधन भएको हो ।
गत जनवरी १७ मा ५१ वर्षीय दयाललाई हृदयघात भएपछि मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको थियो ।
छत्तीसगढको बिलासपुरमा जन्मिएका दयालले सन् २००० मा मराठी निर्देशक मृणालिन्नीसँग विवाह गरेका थिए ।
उनले कगार, रंगदरी, विरुद्ध, धुवाँजस्ता फिल्ममा काम गरेका थिए ।


