एजेन्सी, १९ माघ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी १ हजार ७३३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यस अवधिमा २ लाख ८१ हजार १०९ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १६ लाख २१ हजार ६०३ रहेको छ ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार भारतमा हालसम्म ४ लाख ९६ हजार २४२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म कोरोनाविरुद्ध ५१.९६ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् ।