काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । क्यानले मंगलबार एक सूचना जारी गर्दै सो पदका लागि दरखास्त आह्वान गरेको हो ।

जनरल म्यानेजर रौनक मल्लको कार्यकाल सकिएपछि क्यानले नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको हो । एक वर्षका लागि नियुक्त भएका मल्लको कार्यकाल डिसेम्बरमा सकिएको थियो ।

व्यवस्थापन संकाय पढेका र कम्तिमा ३ वर्ष काम गरेको अनुभव भएको ५५ वर्षभन्दा कम उमेरको व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । १५ फेब्रुअरीसम्म आवेदन दिन सकिनेछ ।