एजेन्सी, १८ माघ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ ।

उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । ट्रुडोले ट्वीटरमार्फत आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन् ।

‘मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रूपमा लाग्ने छु,’ उनले भनेका छन् ।

उनले गत हप्ता आफ्नो एकजना बच्चालाई कोभिड देखिएको र त्यसपछि आफू आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको पनि जानकारी दिएका छन् ।