काठमाडौं, १७ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत कोरोनाका कारण रोकिएको च्यासल युथ क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीचको खेल २२ माघमा गर्ने भएको छ ।

एन्फाले सोमबार यो खेल २२ माघमा दिउँसो एक बजे हुने जनाकारी गराएको हो ।

यसअघि नवौं चरणअन्तर्गत २ माघमा खेल्ने तालिका रहेको भए पनि च्यासलका अधिकांश खेलाडीमा कोरोना देखिएपछि अन्तिम समयमा खेल स्थगित भएको थियो ।