ओलीलाई कारवाहीको माग गर्दै उजुरी

काठमाडौं, १६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ ।
अध्यक्ष ओलीले संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै उनीमाथि कारवाहीको मागसहित निवेदन परेको हो ।
सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै आइतबार उनीबिरुद्ध उजुरी दिएका हुन् ।
उजुरीकर्ताले ओलीले आफु कोभिड संक्रमित हुँदाहुँदै युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी भइ हुलहुज्जत गरी आफुलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेको उल्लेख गरेका छन् ।
‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेशण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौ’, निवेदकले खुलाएका छन् ।
‘यसरी आफु कोरोना संक्रमण फैलउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले ओलीलाई कानुन बमोजिम आवस्यक कारवाही गरी पाउँ’, निवेदको दावी छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


