काठमाडौं, १६ माघ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले शहिद दिवस मनाएको छ ।

दशरथ रंगशालास्थित दशरथ चन्दको शालिकमा फूलमालासहित श्रद्धान्जली अर्पण गर्दै राखेप कर्मचारीले शहिद दिवस मनाएका हुन् ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, कर्मचारी संघका अध्यक्ष रञ्जन थापा लगायतका कर्मचारीलगायतकाहरु सहभागी थिए ।