बेन कुपरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

एजेन्सी, १६ माघ । नेदरल्यान्ड्सका ब्याटर बेन कुपर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
सन् २०१३ मा क्यानडाविरुद्ध डेब्यू गरेका कुपरले नेदरल्यान्ड्सका लागि ७० अन्तर्राष्ट्रिय म्याच खेलेका हुन् ।
कुपरले नेदरल्यान्ड्सका लागि हालसम्म टी–ट्वान्टीमा सर्वाधिक रन बनाएका छन् ।
उनले ५८ टी–ट्वान्टी खेलमा १ हजार २३९ रन बनाएका हुन् । तर, कुपरले १३ एकदिवसीय खेल्दै १८७ रन जोडेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


