एजेन्सी, १५ माघ । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको सरयाब रोडमा बन्दुकधारीको आक्रमणमा परी चार जनाले ज्यान गुमाएका छन् ।

आक्रमणकारीले कारमा गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । यो घटना शुक्रबारको हो ।

कुनै पनि समूहले उक्त घटनाको जिम्मेवारी लिएको छैन ।

गोली चलाउने हतियारधारीहरूको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।