कतारमा कोरोनाको तेस्रो लहर चरम सीमा पार

एजेन्सी, १५ माघ । कतारमा कोरोनाको तेस्रो लहरले चरम सीमा पार गरेको जनस्वास्थ्य मन्त्रालयले बताएको छ ।
‘तथ्यांकले देखाएको छ कि हामी यो तेस्रो लहरको चरम सीमामा पुगेका छौं । किनकि दैनिक संक्रमित केसहरूको संख्या घट्दै गइरहेको छ’, मन्त्रालयले भनेको छ ।
सरकारी प्रतिबन्ध र जनस्वास्थ्यको मापदण्ड पालना गर्न समुदायको समर्थनका साथै उच्च खोप दरले दैनिक संक्रमितको केस घट्न महत्त्वपूर्ण भूमिका खेलेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कतारमा भाइरस अझै पनि फैलिरहेकाले मानिसहरूले सावधानीपूर्वक कार्य गर्न र प्रतिबन्ध तथा रोकथामका उपायहरू पालना गर्न जारी राख्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म कतारमा ३ लाख ३४ हजार ५४३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ६४१ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
कतारमा ७८.३३ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


