एजेन्सी, १५ माघ । विश्व नम्बर एक एस्ले बार्टीले अस्ट्रेलियन ओपनको महिला एकलतर्फको उपाधि हात पारेकी छन् ।

घरेलु खेलाडी बार्टीले मलर्बनमा शनिबार भएको फाइनलमा ३० औं बरीयताकी अमेरिकन खेलाडी डानिल कोलिन्सलाई २–० को सोझो सेटमा पराजित गरेकी हुन् ।

बार्टीले ६–३ र ७–६ (७–२) ले आफ्नो पक्षमा पार्दै पहिलोपटक अस्ट्रेलियन ओपनको उपाधि हात पारकी हुन् ।

बार्टीले म्याडिसन किज र कोलिन्सले इगा स्विटेकलाई समान २–० को सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए ।