एजेन्सी, १४ माघ । पाँचौं वरीयताका स्पेनिस टेनिस स्टार राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनल प्रवेश गरेका छन् ।

नाडालले शुक्रबार मेलर्बनका भएको पहिलो सेमिफाइनलमा सातौं वरीयताका इटालियन खेलाडी माटिओ बेरेटिनीलाई ३–१ को सेटमा पराजित गरे ।

उनले खेल ६–३, ६–२, ३–६ र ६–३ ले आफ्नो पक्षमा पार्दै उपाधि भीडन्त पक्का गरेका हुन् ।

नाडालले उपाधिका लागि डानिल मेदभेदेव र स्टेफानोस सित्सिपासबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।