भारतीय विदेशमन्त्री जयशंकर कोरोना संक्रमित

एजेन्सी, १४ माघ । भारतीय विदेशमन्त्री एस जयशंकर कोरोना संक्रमित भएका छन् ।
बिहीबार पिसिआर परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
जयशंकरले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरूलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार भारतमा हालसम्म ४ करोड ६२ लाख २ हजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ४ लाख ९२ हजार ३२७ जनाले ज्यान गुमाइसकेका छन् ।
भारतमा हालसम्म ५०.८२ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


