कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी ३३ सैनिक मारिए

एजेन्सी, १४ माघ । कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी ३३ जना सैनिक मारिएका छन् ।
यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो ।
त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जनाएको छ । यहाँका उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा भिडन्त भएको हो ।
भिडन्तका क्रममा उक्त विद्रोही समूहका पनि केही लडाकू हताहत भएको अनुमान गरिएको छ । सेनातर्फ एकजना बटालियन कमाण्डर कर्णेलको पनि ज्यान गएको बताइएको छ ।
–सिन्ह्वा
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


