युक्रेनको हतियार कारखानामा गोली हानी ५ जनाको हत्या

एजेन्सी, १३ माघ । युक्रेनको एक हतियार कारखानामा गोली हानेर ५ जनाको हत्या गरिएको छ । युक्रेनको नेशनल गार्डका एक जवानले गोली चलाउँदा ५ जना सैनिक मारिएका हुन् ।
डिनिप्रो शहरस्थित पिभ्देनमास मिसाइल फ्याक्ट्रीमा बिहीबार बिहान एक जवानले गोली चलाउँदा ५ जनाको ज्यान गएको र अन्य ५ जना घाइते भएको अल जजिराले जनाएको छ । आर्टेम ¥याबचुक नामक जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउनुको कारण प्रस्ट भइसकेको छैन ।
युक्रेन र रुसबीच जारी तनावका बेला मिसाइल फ्याक्ट्रीमा गोली चलेको हो । युक्रेनको प्रहरीले जारी गरेको विज्ञप्तिमा ड्युटीमा खटिन लागेका सुरक्षाकर्मीलाई हतियार दिइरहेका बेला ¥याबचुकले कलाश्निकोभ एसल्ट राइफलबाट गोली चलाएको उल्लेख गरिएको छ ।
¥याबचुक गोली चलाएलगत्तै घटनास्थलबाट भागेको समाचारमा उल्लेख छ । २०० थान काट्रिजसहित भागेका उनको हाल खोजी भइरहेको प्रहरीको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


