दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा प्रवेश

एजेन्सी, १३ माघ । इंग्ल्याण्डको युवा टोली वेष्ट इण्डिजमा जारी यु–१९ एकदिवसीय विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सुपर लिगको पहिलो क्वार्टरफाइनलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
क्वार्टरफाइनलमा दक्षिण अफ्रिकाले दिएको २१० रनको लक्ष्य इंग्ल्याण्डले ४३.४ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि ज्याक बेथेलले आक्रामक पारी खेले । उनले ४२ बलमा १६ चौका र दुई छक्कासहित ८८ रन बनाए ।
त्यस्तै, विलियम लक्सटनले अविजित ४७, कप्तान टम पर्स्टले २४, जर्ज थोमसले १९ र जेम्स रेउले १४ रनको योगदान दिए । बलिङमा डेवाल्ड ब्रेभिसले दुई र असाखे टास्काले एक विकेट लिए । दक्षिण अफ्रिकाले एक विकेट भने रनआउटको रूपमा प्राप्त ग¥यो ।
त्यसअघि, सर भिभियन रिचर्ड्स स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४३.४ ओभरमा सबै विकेट गुमाएर २०९ रन मात्र बनाउन सक्यो । उसका लागि डेवाल्ड ब्रेभिसले शानदार पारी खेले । उनले ८८ बलमा ९ चौका र चार छक्कासहित ९७ रन बनाए ।
त्यस्तै, गेहरहार्दुस मरेले २७, म्याथ्यु बोस्टले अविजित २२ र इथान–जोन कनिङ्घमले १२ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा रेहान अहमदले चार, जोशुआ ब्याडेन, जेम्स सेल्सले दुई÷दुई र ज्याकब बेथेलले एक विकेट लिए ।
त्यस्तै, विश्वकपको प्लेट लिगको क्वार्टरफाइनलमा गएराति नै भएको खेलमा जिम्बाब्वेले स्कटल्याण्डलाई १०८ र वेस्ट इण्डिजले पपुवा न्यूगिनीलाई १६९ रनले हरायो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


