बार्टी अस्ट्रेलियन ओपनको फाइनलमा

एजेन्सी, १३ माघ । विश्व नम्बर एक एस्ले बार्टी अस्ट्रेलियन ओपनको फाइनल प्रवेश गरेकी छन् ।
घरेलु खेलाडी बार्टीले मेलर्बनमा भएको पहिलो सेमिफाइनलमा ५१औं वरीयताकी अमेरिकी खेलाडी म्याडिसन किजलाई २–० को सोझो सेटमा पराजित गरेकी हुन् ।
उनले खेल ६–१ र ६–३ ले आफ्नो पक्षमा पार्दै उपाधि भिडन्त पक्का गरिन् ।
बार्टीले उपाधिका लागि डेनिल कोलिन्स र इगा स्विटेकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


