भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट ५ जनाको मृत्यु

एजेन्सी, १३ माघ । भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट ५ जनाको मृत्यु भएको छ भने ४ जनाको अवस्था गम्भीर रहेको छ ।
यो घटना बक्सर जिल्लाको अन्सारी गाउँको हो ।
बक्सरका प्रहरी उपरीक्षक नीरजकुमार सिंहले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।
गत वर्ष पनि बिहारको गोपालगञ्ज, बेतिया र सिवानमा नक्कली मदिरा सेवनबाट ५० भन्दा बढीको मृत्यु भएको थियो ।
यस वर्षको सुरुमा मुख्यमन्त्रीको गृहजिल्ला (नालन्दा) पछि छपरा जिल्लामा पनि विषाक्त मदिराको सेवनबाट एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो ।
प्रतिपक्षले निषेधाज्ञाको विषयलाई लिएर सरकारमाथि लगातार आक्रोश पोख्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


