एजेन्सी, १३ माघ । श्रीलंकाका अलराउण्डर दिलरुवान परेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

परेराले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

३९ वर्षीय परेराले घरेलु क्रिकेट भने खेल्ने छन् ।

श्रीलंकाका लागि परेराले ४३ टेस्ट, १३ एकदिवसीय र ५ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । जसमा १ हजार ४५६ रन र १७७ विकेट लिएका छन् ।

परेराले २००७ मा इंग्ल्यान्डविरुद्ध खेल्दै एकदिवसीयमा डेब्यु गरेका थिए । त्यसको ७ वर्षपछि पाकिस्तानविरुद्ध उनले टेस्टमा डेब्यु गरेका थिए ।

परेराले टी–ट्वान्टीमा भने २०११ मा अष्ट्रेलियासँगको खेलमा डेब्यु गर्ने मौका पाएका हुन् ।