काठमाडौं, १२ माघ । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालका सर्वाधिक गोलकर्तासमेत रहेका खड्कामाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप छ ।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा आज नै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको उल्लेख छ ।