एजेन्सी, १२ माघ । भारतको विहारमा प्रदर्शनकारीहरुले ट्रेनमा आगजनी गरेका छन् ।

रेल्वेमा अनियमित रुपमा कर्मचारी भर्ना गरेको भन्दै प्रदर्शनकारीहरुले ट्रेनमा आगजनी गरेका हुन् ।

रेल्वे भर्ती बोर्डको एनटीपीसी परीक्षामा धांधली गरेको भन्दै प्रदर्शनकारीहरुले आन्दोलनको तेस्रो दिन ट्रेनमा आगो लगाएका छन् ।

गयामा यार्डमा रुकेको प्यासेन्जर ट्रेनमा आगो लगाइएको छ । गया स्टेशन परिसरमा चलेको ट्रेनहरुमा छात्रहरुले ढुँगामुढा गरेका थिए ।

यसअघि मंगलबार पटना, सीतामढी, मुजफ्फरपुर, आरा, बक्सरमा विवाद भएको थियो ।

सीतामढीमा तोडफोड एव ढुँगामुढा भएपछि प्रहरीले हवाई फायर गरेर भिडलाई तितर वितर गरेका थिए ।