सिरियामा आइएसका ५०० भन्दा बढी लडाकूले गरे आत्मसमर्पण

एजेन्सी, १२ माघ । सिरियामा आतङ्ककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट (आइएस) का ५०० भन्दा बढी लडाकूहरूले आत्मसमर्पण गरेका छन् ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार उनीहरूले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका हुन् ।
‘आत्मसमर्पण गर्ने विद्रोही लडाकूहरूको सङ्ख्या ५५० भन्दा धेरै रहेको छ,’ एक सरकारी अधिकारीले भने । आत्मसमर्पण गरेका सवै लडाकूहरू कारागारमा राखिएका थिए ।
यही जनवरी २० मा लडाकूहरूले अल हासाकाहमा रहेको अल सिनाअ कारागारमा आक्रमण गरेका थिए । त्यही बेलामा धेरै लडाकूहरूलाई सरकारी फौजले समातेर कारागारमा राखेको थियो ।
लडाकूहरुले जेलमा आक्रमण गर्दा लडाकू र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भिडन्त पनि भएको थियो । लडाकूहरूसँग भिड्नका लागि १० हजार सरकारी सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।
लडाकू र सुरक्षाकर्मीहरूका बीचमा देशका विभिन्न ठाउमा अहिले पनि बेला बेलामा भिडन्त हुने गरेकाले हजारौं मानिस विस्थापित भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


