भारतमा कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो

एजेन्सी, १२ माघ । भारतमा कोरोना संक्रमितको संख्या ४ करोड नाघेको छ ।
बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप २ लाख ८५ हजार ९१४ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
यसअवधिमा कोरोना संक्रमणबाट ६६५ जनाको मृत्यु भएपछि कोरोना सुरु भएदेखि हालसम्म यस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ९१ हाजार १२७ पुगेको छ ।
भारतमा अहिले सक्रिय संक्रमितको संख्या २२ लाख २३ हजार १८ रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


