दक्षिण सुडानमा दुई जातिबीचको दंगामा परी ३२ जनाको मृत्यु

एजेन्सी, १२ माघ । दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा परी ३२ जनाको ज्यान गएको छ ।
मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो । सो राज्यको प्रहरीका अनुसार छिमेकी राज्य पिबोरबाट एक समूहका नागरिकले हमला गरेका थिए ।
सो हमलामा परेर ३२ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए । यी दुई राज्यमा यहाँका स्थानीय जातीय समुदायबीचमा समय समयमा हुने हिंसामा परी कैयौँ मानिसको ज्यान जाने गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


