नेपालका पूर्वक्रिकेट प्रशिक्षक अल्ताफ बलुचको निधन

काठमाडौं, ११ माघ । नेपालका पूर्वक्रिकेट प्रशिक्षक अल्ताफ बलुचको निधन भएको छ । बलुचको ६८ वर्षको उमेरमा निधन भएको हो ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले उनको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि, बोर्डले उनको निधनको कारण खुलाएको छैन ।
बलुच सन् २००१ मा नेपालको प्रशिक्षक रहेका थिए । उनको प्रशिक्षणमा नेपालले शक्ति गौचनको कप्तानीमा बंगलादेशमा एसिसी यू–१७ एसिया कप खेलेको थियो ।
पाकिस्तानका लागि सन् १९६९ मा बलुचले १६ वर्षको उमेरमा ढाकामा न्युजिल्यान्डविरुद्ध टेस्ट डेब्यु गरेका थिए । त्यसको ६ वर्षपछि वेस्ट इन्डिजविरुद्ध लाहोर खेलिएको टेस्ट बलुचको दोस्रो तथा अन्तिम बन्न पुगेको थियो ।
बलुचको स्थानमा रोय डायस २००१ मै नेपालको प्रशिक्षक भएर आएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


