मंगलबार १२ हजार ८ नयाँ संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं, ११ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४३२ र ७ हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ भने ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ । त्यस्तै, अहिलेसम्म ८ लाख २७ हजार २७९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर ८७ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८१७ जना संस्थागत आइसोलेसनमा छन् ।
कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


