एजेन्सी, ११ माघ । गाम्बिया अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको अन्तिम १६ को खेलमा गिनीमाथि १–० को कठिन जित हात पार्दै गाम्बिया पहिलोपटक अन्तिम आठमा प्रवेश गरेको हो ।

स्टेड ओमिस्पोर्ट्स डि बाफौस्साममा खेलको ७१ औं मिनेटमा मुसा बारोले गरेको एक मात्र गोल गाम्बियालाई जित दिलाउन प्रयाप्त बन्यो ।

खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा सीमित भएका थिए । ८७ औं मिनेटमा गाम्बियाका युसुफ एनजी तथा थप गरिएको समयमा गिनीका इब्राहिम कोन्टेले रातो कार्ड बेहोर्दै मैदान छाडेका हुन् ।

गएराति नै भएको अर्को खेलमा कोमोरोसमाथि २–१ को रोमाञ्चक जित निकाल्दै आयोजक क्यामरुनले पनि क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।