एजेन्सी, ११ माघ । पाँचौं वरीयताका स्पेनिस टेनिस स्टार राफेल नाडाल अस्ट्रेलियन ओपनको पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेका छन् ।

नाडालले मेलर्बनमा मंगलबार भएको निकै प्रतिस्पर्धात्मक पहिलो क्वाटरफाइनलमा १४ औँ वरीयताका क्यानेडियन खेलाडी डेनिस शपोभालोभमाथि ३–२ सेटको रोमाञ्चक जित हात पारेका हुन् ।

नाडालले सुरुवाती दुई सेट ६–३ र ६–४ ले जिते पनि त्यसपछिका दुई सेट ४–६ र ३–६ ले गुमाएपछि खेल पाँचौं तथा अन्तिम सेटसम्म पुगेको थियो ।

पाँचौं सेट ६–३ ले आफ्नो पक्षमा पर्दै नाडालले सेमिफाइनलमा स्थान सुरक्षित गरे । नाडालले फाइनल प्रवेशका लागि गाएल मोनफिल्स र माटियो बेरेट्टिनीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।