काठमाडौं, ११ माघ । पोखरामा जारी २० औं संस्करणको आहा–रारा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

पोखरा रंगशालमा मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा थ्रीस्टार क्लबमाथि १–० को कठिन जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनल पुग्ने चौथो टोली बन्यो ।

आर्मीसँगै अर्काे विभागीय टोली नेपाल एपिएफ, मनाङ मर्स्याङदी र मछिन्द्र क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

खेलको ७० औं मिनेटमा राजिभ गुरुङले गरेको एक मात्र गोल आर्मीलाई जित दिलाउन प्रयाप्त बन्यो ।

आर्मीले फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।

मनाङ विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।