एजेन्सी, ११ माघ । बुर्किना फासोको सेनाले राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई अपदस्थ गर्दै सरकार र राष्ट्रिय सभा विघटन गरेको छ ।

सेनाले सोमबार घोषणा गरेअनुसार देशका सीमाहरू समेत बन्द गरिएका छन् ।

यसैबीच सत्तारुढ दलले भने यसअघि विज्ञप्तिमार्फत राष्ट्रपति रोच हत्याको प्रयासबाट बचेको बताएको थियो ।