एजेन्सी, १० माघ । चीनले बेलायतलाई चेतावनी दिंदै ‘कोल्ड वार प्लेबुक’को पालना नगर्न भनेको छ ।

बेलायतले अष्ट्रेलियासँग चीन–रुस विरुद्ध वैचारिक गुटका संयोजन गर्ने बताएपछि चीनले उक्त चेतावनी दिएको हो ।

बेलायत र अष्ट्रेलियाबीच अंकुश नामक सुरक्षा सम्झौता अघि बढाउने सहमति समेत भएको छ । अंकुश सम्झौतामा अमेरिका, बेलायत र अष्ट्रेलिया सहभागी रहेका छन् ।

अंकुश सम्झौताको उदेश्य एशिया प्रशान्त क्षेत्रमा चीनको प्रभाव कम गर्नु रहेको छ । यसैकारण चीन उक्त सम्झौताका कारण चिढिएको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले स्थानीय मुद्दाबाट जनताको ध्यान अन्यत्र मोड्न अहिले चीन विरुद्ध लागेको आरोप चीनले लगाएको छ ।