एजेन्सी, ९ माघ । स्पेनिस टेनिस स्टार राफेल नाडाल अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

नाडालले मेलबर्नमा आइतबार भएको चौथो चरणमा फ्रेन्च खेलाडी एड्रियन मान्नारिनोलाई ३–० को सोझो सेटमा हराए ।

एड्रियनमाथि ७–६ (१६–१४), ६–२ र ६–२ को जित हात पार्दै पाँचौं वरीयताका नाडाल १४ औं पटक अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा पुगेका हुन् ।

२० पटकको ग्रान्डस्लाम विजेता नाडालले २००९ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।